नियम १९
मूल नियमावलीको नियम ५२ मा संशोधन

(१) मूल नियमावलीको नियम ५२ को
उपनियम (२) को,–
(१) खण्ड (क) को सट्टा देहायको खण्ड (क) राखिएको छ ः–
“(क) गाउ“ विकास समितिको हकमा एक पटकमा पच्चीस हजार रुपैया“सम्म र अन्य स्थानीय निकायको हकमा एक लाख रुपैया“सम्म सोझै बजारबाट,”
(२) खण्ड (ख) झिकिएको छ ।
(३) खण्ड (ग) मा रहेका “दुईलाख रुपैया“सम्म” भन्ने शब्दहरूको सट्टा “दशलाख रुपैया“सम्म” भन्ने शब्दहरू राखिएका छन् ।
(४) खण्ड (घ) मा रहेका “दुई लाख रुपैया“भन्दा माथि” भन्ने शब्दहरूको सट्टा “दशलाख रुपैया“भन्दा माथि” भन्ने शब्दहरू राखिएका छन् ।